२०८३ कार्तिक २० गते बिहिवार

रुपन्देहीमा दुई समूहबिच झडप हुँदा पेस्तोलसहित दुई युवा पक्राउ


रुपन्देही,जेठ ११ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए ।

घटना एक जना युवा घाइते भएका छन् । नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ ।

घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *