
रुपन्देही, असार १७ । रुपन्देहीमा गोली प्रहार गरी झन्डै साढे दुईलाख रकम लुटपाट भएको छ । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफÞाई समितिको रकम लिएर जाँदै गरेका तोले पासीलाई लक्षित गर्दै गोली प्रहार गरेर दुईलाख ४१ हजार रकम लुटपाट भएको छ । लुटेराहरुले हानेको गोली टेम्पोको टायरमा लागेको थियो । टेम्पोमा अन्य यात्रुपनि सवार रहेको भएपनि कसैलाई पनि गोली लागेको छैन ।
पासीले लुम्बिनीस्ति कृषि बिकाश बैंकबाट उक्त रकम निकालेर सु १ ह ३३७ नम्वरको टेम्पोमा जाँदै गर्दा गैडहवा गाउँपालिका वडा नं. ४ अहिरण्डी चोकमा दुई जनाले गोली हानेर रकम लुटपाट गरेका थिए । उनीहरु मोटरसाईलकलमा रहेको प्रत्यक्षदर्सीले बताए । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको बताएको छ ।
प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार