२०८३ भाद्र १० गते बुधवार

बबईमा डुवेर एक युवाको मृत्यु


दाङ,असार १६ । बबई नदीमा डुवेर एकजना युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ बर्षीय शिवराज पुनको नहुाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । साथीहरु संगै नुहाउन भनि गएका पुन घोराही ८ बेलारीस्थित बबई नदीमा आइतवार बेलुका ६ बजेतिर डुवेर बेपत्ता भएका थिए । पुन संगै नुहाउन गएका अन्य तीन जना उनका साथीहरु भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक सञ्तोष चन्दको नेतृत्वमा खटिएको १३ जना प्रहरी र स्थानीयको सहयोगमा झन्डै २० मिटर गहिराई बाट पुनको शव सोमवार विहान सवा ११ बजेतिर निकालिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रबक्ता विक्रम शाहले पुन आइतवार बेलुका नै डुवेको भएपनि स्थानीयले प्रहरीलाई सोमवार विहान १० बजेमात्रै खवर गरेको जानकारी दिए । त्यसलगतै खोजीको लागि प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *