
तस्बिर : झुपु बुढा क्षत्री
झुपु बुढा क्षत्री,
हापुरे, असार १६ । हापुरेदेखि हंशपुर तर्पm जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा स्थानीय ४ युवा घाइते भएका छन् ।
घाइते हुनेहरुमा बबई गाउँपालिका वडा नं।५ हापुरे निवासी विनोद केसी, कुमार शर्मा र बबई ४ हापुरेका भूपेन्द्र बुढा र जशन्त पाण्डे रहेका छन् । घाईते मध्य केसी, शर्मा र बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।
पाण्डेको भने तुलसीपुरमै उपचार भइरहेको छ । बाँके लगिएका तीन जना घाइते मध्य विनोद केसीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केसी मावि पदमपुरका नेविसंघका अध्यक्षपनि हुन । ग्याँस सिलिण्डर बोकेर हापुरे बजारदेखि हंशपुर तर्फ जाँदै गरेको रा १ ज ६३५ नम्वरको पिकअप भ्यान स्यानी उकालीमा सोमवार हिवान ९ बजेतिर दुर्घटनामा परेको थियो ।
घाइते सबै विद्यार्थी हुन । उनीहरु पदमपुर माविमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि जाँदै गर्दा बाटो मै दुर्घटनामा परेका थिए । ओभर स्पिडका कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।