लुम्बिनी, चैत १५ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।
लुम्बिनीमा शुबक्रबार गुम्बाको शिलान्यास गर्दै भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।
गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाएको भन्दै उनले शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेको हुँदा त्यसको महत्व रहेको बताइन ।
आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको भन्दै उनले त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता झनै बढेको उल्लेख गरिन ।
लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको भन्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेकी थिइन ।
बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने भन्दै भण्डारीले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन ।
यसअघि भण्डारीलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

