२०८३ असार १३ गते शनिवार

वडालाई फूलैफूलको बस्ति बनाउने सपना

फाइल तस्बिर

शंकर केसी,
सल्यान, १५ असार । कृतिम फुल तथा प्लाष्टिक मालालाई निरुत्साहित गर्न सल्यानमा एउटा वडा कार्यालयले फूल खेतीका लागि विउ वितरण गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका, ३ नम्बर वडा कार्यालयले आइतबार सयपत्री, मखमली र जिनिया जातको फूलको विउ वितरण गरेको हो ।

वडा अध्यक्ष मिनबहादुर सेनले तिहार लगाएतका चाड पर्वमा प्लाष्टिक माला तथा कृतिम फूलको प्रयोग नगर्ने उदेश्यले फूलको विउ वितरण गरिएको बताए ।

‘ हामी हाम्रो वडालाई फूलैफूलको सुन्दर वडा बनाउने उद्देश्यका साथ विउ वितरण गरेका छौं,’ अध्यक्ष सेनले भने ‘ आशा छ यी फूलहरु हुर्केपछि स्वागत र सम्मानका लागि प्रयोग हुने कृतिम फूल र खादाको प्रयोग पूर्ण रुपमा हट्ने छ।’

वडा कार्यालयमा आयोजित कार्यक्रममा ३० जना किसानलाई ९० प्याकेट सयपत्रीको विउ, ४५ प्याकेट मखमली, ३८ प्याकेट जिनीया फूलको विउ वितरण गरिएको थियो । त्यस्तै वनस्पती अनुसन्धान केन्द्रले उपलब्ध गराएको एकसय धुपी सल्लाको विरुवा र गोदावरी फूलको विरुवानि किसानलाई वितरण गरिएको छ ।

कार्यक्रममा वनस्पती अनुसन्धान केन्द्र मुलपानी सल्यानका हेड फिल्ड अशिष्टेन्ट कृष्ण पुनले पुष्पको ब्याड राख्ने, विरुवा सार्ने तथा खेती गर्ने तरिकाको बारे किसानलाई जानकारी दिएका थिए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेलले ब्यवशायिक रुपमा पुष्प खेतीलाई अगाडी बढाएमा मनग्य आम्दानी गर्न सकिने बताएका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *