दाङ, असार १४ । ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख दुर्घटनामा परेर घाइते भएका छन् । कार्यालय प्रमुख यादव सुवेदी तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित हात्तिखौवा वरालोमा दुर्घटनामा परेका थिए । उनको टाउकोमा चोट रहेपनि अवस्था सामान्ने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
रा १ झ ९९ नम्वरको जीप आँफै हाँकेर तुलसीपुरवाट घोराही तर्फ जाँदै गरेका सुवेदी शनिवार विहान पौने १० बजेतिर दुर्घटनामा परेका थिए । जीपमा कार्यालय प्रमुख एक्लै सवार थिए । दुर्घटनाको कारण यो खवर तयार पार्दासम्म थाहाँ हुन नसकेको प्रहरीले बताएको छ । घाइते कार्यालय प्रमुख सुवेदीको तुलसीपुरको लाइभकेयर हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार