२०८२ बैशाख ७ गते शनिवार

नेपाल तरुण दल दाङमा अधिवेशनको चटारो

दाङका तुलसीपुर पश्चिमका पालिकामा तरुण दल गठन गरिदै

तुलसीपुर , फागुन २० । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङमा यतिखेर अधिवेशनको तीब्र चटारो छ ।
चैत पहिलो साता भित्रै जिल्ला अधिवेशन गरि नयाँ नेतृत्व चयन गरि सक्न केन्द्रको परिपत्र अनुसार तरुण दल दाङलाई चटारो परेको हो ।

तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती मगरका अनुसार जिल्लाका दश पालिकाहरु मध्य देउखुरी क्षेत्रका पालिका हुँदै वडामा तरुण दलको समिति गठन भइ सकेका छन् ।

अब तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका थप तीन पालिकाहरुमा तरुण दलको संगठन गठन गरि प्रतिनिधि चयण गर्नु पर्ने छ ।

तुलसीपुरका साथै दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा वडा र पालिकाको नेतृत्व चयन गर्न बाँकी रहेको हुँदा अबको केही दिनमै ती क्षेत्रमा नेतृत्व चयन हुने जिल्ला अध्यक्ष घर्तीले बताए । त्यसलगतै जिल्ला अधिवेशनको तयारी हुने उनले बताए । यो अधिवेशनले जिल्लामा पनि नयाँ नेतृत्व चयन गर्ने छ ।


तरुण दल भित्र जिल्ला नेतृत्वको लागि दर्जनौं युवाहरुको चर्चा छ । ती मध्य नवीन योगीको संभावना पनि प्रबल रहेको स्रोत बताउँछ । उनी शहिद परिवारका सदस्य पनि हुन ।

उनका बुवा तारानाथा योगीको माओबादीले बुवाको क्रिया बसेकै समयमा श्रीगाउँस्थित घरबाटै बन्धक बनाइ गोली हानेर हत्या गरेका थिए । जिल्ला अध्यक्ष घर्तीपनि नबीनलाई आँफु पछिको नेतृत्वमा ल्याउन चाहेको चर्चाहरु छन् ।


अध्यक्ष घर्ती भने त्यो बिषयमा कुनै कुरा खोल्न चाहेनन् । तपाँइको उम्मेदवार को हो ? भन्ने प्रश्नमा – उनले जस्ले जित्छ, त्यही आफ्नो उम्मेदवार हुने प्रतिक्रिया थिए ।


‘मैले अब छिट्टै नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने हो,’ उनले भने ‘सफल, सक्षम र तरुण दललाई हाँक्न सक्ने नेतृत्व जो आएपनि मैले स्वागत गर्छु ।’
संगठनका लागि दुःख गरेका ब्यक्ति र संगठन जो आएपनि हुने उनले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *