२०८२ कार्तिक २९ गते शनिवार

खुमबहादुर खड्का स्मृति भलिबलमा दश टिम सहभागी हुने


घोराही,फागुन १८ । दाङको घोराहीमा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ मा दश वटा टिम सहभागी हुने भएका छन् ।

जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले आयोजनामा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा प्रदेशका दश वटा टिमको सहभागीता हुने भएको हो ।

यहि फागुनको २० गते मंगलवारदेखि सुरु हुन थालेको प्रतियोगितामा दाङको शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै जिल्ला भलिवल संघ गुल्मी, मनिमुकुन्द भलिवल क्लव रुपन्देही, होराइजन स्पोर्टस क्लव बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा स्कुल लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने भएको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमले नौ जना प्रदेशभित्रका खेलाडी र बाँकी तीन जना प्रदेश बाहिरका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त खेलाडीलाई सहभागी गराउने नियम अनुसार टिममा सहभागी गराएको समेत संयोजक आचार्यले बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सम्झनामा घोराहीस्थीत जिल्ला समन्वय समितिअन्तर्गत सहिद मञ्चमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएका छन् ।

कोषाध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताका लागि खेल मैदान निर्माण,अतिथिलाई निमन्त्रण, प्रचारप्रसारलगायतका काम भइरहेको छ । प्रतियोगिताको फागुन १९ गते सोमवार टाइसेट सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दाङका जिल्ला सदस्य एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका सदस्य खेमराज विश्वकर्माले जानकारी दिए ।

जिल्लाका दस वटा स्थानीय तहलाई सहभागी गराएर प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिताको राशी बढाएर यस बर्षदेखि लुम्बिनी प्रदेशस्तरीय खुला प्रतियोगिताका रुपमा सञ्चालन गर्न थालेको नेपाली कांग्रेस दाङले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विद्यागत रूपमा पुरस्कृत गरिने खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक आचार्यले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *