२०८२ कार्तिक २१ गते शुक्रवार

आर्मीलाई पराजित गर्दै पुलिसले हात पार्यो सनस्टार कप

सुर्य प्रकाश बुढा मगर,फागुन, रोल्पा १४। रोल्पाको लिबाङको टुडिखेलमा बुधबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि हात पारेको छ ।

फागुन १० शनिबारदेखि सुरु भएको सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको हो । मध्याह्न १२ बजेदेखि सुरुभएको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच पाँच सेटमा खेल भएको थियोे ।

जसमा पहिलो सेट २५–१८, दोस्रो २०–२५, तेस्रो २५–१४ र चौथो सेट २५–२३ को अंक अर्थात ३-१ सेटले पुलिस क्लबले जित हासिल गरेको छ । नेपाल पुलिस क्लबले पाँच लाख राशिको पुरस्कारसँगै सनस्टार कप,मेडल हात पारेको हो ।

फाइनलमा पराजित त्रिभुवन आर्मी क्लबले दुई लाख ५० हजार रुपैयाँ ट्रफी र मेडल जितेको हो । अर्को खेल बुधबार बिहान ९ बजेदेखि सुरुभएको कोशी र लुम्बिनी प्रदेशबिच भएको थियोे । जसमा कोशी र लुम्बिनीबिच पहिलो सेट २६–२४,दोस्रो १६–२५, तेस्रो २५–१६ र चौथो २८–२६ को अंक अर्थात ३-१ सेट कोशीले हात पारेको थियोे ।

कोशी प्रदेश तेस्रो र लुम्बिनी प्रदेश चौथो भएका छन्। तेस्रो हुनेले एक लाख सहित ट्रफी र मेडल र चौथो हुनेले ५० हजार रुपैयाँ मेडल जितेकाे सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए ।

सनस्टार युवा क्लब रोल्पाको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब,नेपाल पोलिस क्लब र चार प्रदेशका टिम कोशी प्रदेश,मधेस प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश तथा आयोजक सनस्टार युवा क्लब गरी ७ टिमको सहभागी थिए

। त्यस्तै जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । महिला भलिबलको उपाधि परिवर्तन गाउँपालिकाले हात पारेको छ । सुनिलस्मृति गाउँपालिकालाई ३-० सेटले पराजित गर्दै परिवर्तनले उपाधी जितेको हो ।

परिवर्तन गाउँपालिकाले ५५ हजार रुपियाँ ट्रफी र मेडल हात परेको छ भने सुनिल स्मृतीले ३५ हजार रुपियाँ ट्रफी र मेडल हात पारेको हो । रोल्पा नगरपालिका र लुङ्ग्री गाउँपालिका तेस्रो र चौथो भएका छन् ।

तेस्रोले १५ हजार ट्रफी र मेडल तथा चौथोले १० हजार रुपियाँ मेडल हात परेको आयोजकले जानकारी गराए । जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा रोल्पा जिल्ला भित्रका स्थानीय तह थबाङ,परिवर्तन माडी,त्रिवेणी,सुनिल स्मृति,लुङ्ग्री,सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी आठ टिमले सहभागी जनाएका थिए ।

रोल्पाका दुई स्थानीय तह गंगादेव र रुन्टिगढी गाउँपालिकाबाट सहभागी नभएको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *