२०८२ कार्तिक २४ गते सोमवार

चौघेरा स्पोट्र्सले जित्यो लखन कपको उपाधि

सागर पुनले गरे २ गोल

घोराही, फागुन १० । दाङ घोराहीमा भएको प्रथम शहीद लखन थापा मगर कप फुटबलको उपाधि चौघेरा स्पोट्र्स एकेडेबमीले जितेको छ ।


घोराही उपमहानगरपालिका – १८ नवलपुर फुटबल मैदानमा भएको फाइनल खेलमा टीमलाई जीत दिलाउन दुवै गोल सागर पुनले गरेका थिए ।


पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा चौघेरा स्पोट्र्स एकेडेमीका लागि पुन एक्लैले २ गोल गर्दै उपाधि जिताएका हुन । टीमलाई जीत दिलाउन महत्वपूर्ण भुमिका खेलेका चौघेरा स्पोट्र्स एकेडेमीका सागर पुन प्लेयर अफ द म्याच घोषित भएका थिए ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा प्रतियोगिता आयोजना गरिएको थियो ।


प्रतियोगितामा दाङसहित सल्यान, रोल्पा जिल्लाका गरी कुल १६ टीमको सहभागीता रहेको थियो ।

शनिबार भएको फाइनलमा खेलमा बिएफएललाई २–० गोलले पराजित गर्दै चौघेरा स्पोट्र्स एकेडेमीले उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोट्र्स एकेडेमीले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

बिएफएलले पाएका मौकाहरुमा चुक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो । बिएफएलका खेलाडीले प्रहार गरेको बल बार र पोष्टमा लागेर चार पटक फर्किएको थियो ।

उपविजेता बिएफएलले नगद ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यो पुरस्कार मगर दिवसका दिन फागुन १५ गते प्रदान गरिने प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताए ।


प्रतियोगिता अन्र्तगत विधागत उत्कृष्ट खेलाडीलाई पनि सोही दिन पुरस्कृत गरिने छ ।

यसअघि चौघेरा स्पोट्र्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले तथा दोस्रो सेमीफाईनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोलले हराउँदै फाईनलमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *