२०८२ मङ्सिर १९ गते शुक्रवार

बेल्दमारमा मिनि ट्रक दुर्घटना


छबी पुरी,
दाङ, असार १२। घाेराही लमही सडक खण्डकाे लमही नगरपालिकाकाे बेल्दमार नजिक मिनि ट्रक दुर्घटनामा परेकाे छ। घाेराहीबाट लमही तर्फ जाँदै गरेकाे बा ३ ख १०४९ नम्बरकाे मिनि ट्रकलाई साेही दिशा तर्फ गईरहेकाे नम्बर नखुलेकाे पहेँलाे रंगकाे टिपरले पछाडिबाट ठक्कर दिँदा सडकबाट तल खसेकाे छ।

ट्रकमा चालक र सहचालक मात्रै रहेकाे र उनीहरुकाे अवस्था सामान्य रहेकाे छ। अाज दिउँसाे पाैने १ बजे ठक्कर दिएर भागेकाे टिपरकाे खाेजी कार्य जारी रहेकाे ईप्रका लमहीले जनाएकाे छ।

 

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *