२०८१ चैत्र १२ गते मङ्गलवार

विकासमूलक पत्रकारितामा राससको भूमिका महत्त्वपूर्ण

तुलसीपुर,फागुन ६ । राष्ट्रिय समाचार समितिको ६४ वार्षिकोत्सवका अवसरमा विकासमूलक पत्रकारितामा राससको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समिति तुलसीपुरका नारायणी रजौरेको अध्यक्षतामा एवम नगरप्रमुख टीकाराम खड्काले समाचारका माध्यमबाट राज्यलाई सही मार्गनिर्देश गर्नुपर्ने बताएका छन ।

उनले सामाजिक सञ्जालमा आउने विषयले पत्रकारिता क्षेत्रमा समस्या देखिएको बताए ।

नगरप्रमुख खड्काले सञ्चारमाध्यममा विकासमूलक र स्थानीय विषयवस्तु राससले पछिल्लो समयमा विशेष महत्त्व दिएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङको विकासमा एकिकृत बस्ती विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले विकासमूलक पत्रकारिताका क्षेत्रमा राससले विशेष स्थान दिँदै आएको बताए ।

कार्यक्रममा पत्रकार महासघं दाङका अध्यक्ष सन्तोष सुवेदीले विकासमूलक पत्रकारितामा राससको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले पत्रकारिता क्षेत्रमा मात्र सिमित हुँदा आर्थिक रूपमा बलियाे हुन नसकिने भन्दै अन्य बिकल्प अपनाउनुपर्ने बताए ।
उनले मिडियालाइ आर्थिक रूपमा समेत मजबुद बनाउनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डन,नेकपा (एमाले) नगर अध्यक्ष रूपबहादुर खत्री, माओवादी केन्द्र नगर अध्यक्ष मोहन थापा मगर, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी,लायन्स क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष गोरख वलि ,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष एमकान्त भण्डारी ,लक्ष्मी नारायण मन्दिर रजौराका मठादिस स्वामी केशब आचार्य,तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य बिमल गौतम लगाएतले बिकासलाई दिगो र प्रभाबकारी बनाउन संचारकर्मिको महत्त्वपूर्ण भुमिका रहेको बताए ।

कार्यक्रमको सहजीकरण रासस तुलसीपुर संबाददाता दीपक बोहोराले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *