२०८२ कार्तिक २४ गते सोमवार

उरहरीमा ट्याक्टर दुर्घटना – ४ जना घाइते

तुलसीपुर, माघ २९ । तुलसीपुरको उरहरीमा ट्रयाक्टर दुर्घटनामा परि चार जना घाइते भएका छन ।

दुर्घटनामा परी भारत उत्तर प्रदेश सिद्धार्थ नगर घर भइ हाल तुलसीपुर उपमहानगरपालिका – ६ स्याउली बजार बस्ने ४० बर्षीय ओमप्रकाश लोधी, सोही ठाउँका १८ बर्षी कंचनकुमार लोधी, २५ बर्षीय बाबुलाल लोधी र २५ बर्षकै रामकृष्ण लोधी घाइते भएका छन ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी रहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार घाइते सबैको अवस्था सामान्ने छ ।

दिउँसो पौने ४ बजेतिर तुलसीपुर– अमेलिया सडक खण्ड अन्तरगत फूलवारी तर्फ जाँदै गरेको रा १ त १४२३ नम्बरको ट्रयाक्टर तुलसीपुर – ११ उरहरी चोक नजिकै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।


फलाडे रड बोकेको ट्रयाक्टर उक्त फूलबारी तर्फ जाँदै थियो ।

ट्याक्टरमा कुल सवार ६ जना सवार मध्य चार जना घाइते भएको तथा थप दुई सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *