२०८१ चैत्र १२ गते मङ्गलवार

हिमाल रनिङ ट्रफि ब्लु हाउसलाई


लक्ष्मण बस्नेत,दाङ,माघ २८ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताहको बिजेता ब्लु हाउसले हिमाल रनिङ ट्रफि जितेको छ ।

बिधालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।

त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत,८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ स्वर्ण,७ रजत,४ कास्य पदक हात पार्दै तृतिय भयो भने एल्लो हाउस ४ स्वर्ण,४ रजत र ५ कास्य पदक साथ सान्त्वना भएको बिधालयका भ्वाइस प्रीन्सिपल ए मुकेश कुमारले जानकारी दिए ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रा तर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी,माबी छात्रा तर्फ रेणुका चौधरी,छात्रमा बाबुराम चौधरी,निमाबी छात्रा तर्फ आयुष्मा वलि र छात्रमा प्रनिस बिष्ट सर्बोउत्कृष्ट खेलाडी घोषित भए ।

विद्यालयका प्रिन्सीपल मधुसुन केसीको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिसद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुषा कला सस्कृती झल्कने नृत्य, मार्सल आर्ट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए ।

सो अवसरमा बिजेता हाउस तथा खेलाडि लाई कार्यक्रमका प्रमुख अतिथी,अतिथिले पुरस्कार, मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन बिधालयका शिक्षक सनोद थापाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *