२०८१ फाल्गुन ७ गते बुधवार

फागुन ७ गते तुलसीपुरदेखि पश्चिम दाङमा म्याराथुन दौड आयोजना गरिदै

तुलसीपुर, माघ २२ । दाङको तुलसीपुर बजारदेखि पश्चिम दाङको बबइ गाउँपालिकास्थित पुरन्धरा झरनासम्म म्याराथुन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।


बालरोग बिषेशज्ञ डा. किशोर खत्री लगाएतका बिहानी हिडाइ टिमले त्यस्तो म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न थालेका हुन ।


तुलसीपुरको वीरेन्द्र चोकदेखि पश्चिम क्षेत्रका विभिन्न धार्मिक तथा ऐतिहासिक ठाउँहरुको प्रचार प्रशारका लागि म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न थालिएको डा. खत्रीले बताए ।


ऐतिहासिक थारु राज्य सुकौराको साथै पश्चिम श्रीगाउँको ऐतिहासिक धार्मिक स्थल, पुरन्धारा झरना लगाएत बिभिन्न ठाउँहरुको प्रचार प्रशार र बिहानी हिडाइको महत्व बुझाउनका लागि त्यस्तो प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको डा. खत्रीले बताए ।


त्यसमा जिल्लाका साथै बाहिरी जिल्लाबाट पनि चर्चित पात्र र सेलिब्रेटीहरुलाई पनि बोलाउने तथा संगै यात्रा गराउने उदेश्य राखिएको छ । त्यसमा सयौं मानिसको सहभागिता रहने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *