२०८३ असार ७ गते आइतवार

दंगीशरणको बजेट ३६ करोड


दिप्तीशिखा चौधरी
दंगीशरण, असार १० ।
दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को कुल बजेट ३६ करोड ३६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको बजेट प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले दैनिक कार्यसञ्चालन तथा अन्य प्रशासनिक कार्य, पदाधिकारी तथा कर्मचारी तलब भत्तालगायतका लागि चालु खर्चतर्फ कुल रु. ६ करोड ९२ लाख रकम विनियोजन गरिएको बताइन् ।

त्यसैगरी सार्वजनिक निर्माण, मेसिनरी तथा सवारी साधन खरिदलगायतका कार्यहरु गर्न पुँजीगत खर्च रु. ८० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै समपूरक कोषका लागि ७ करोड ५० लाख, कृषि विकासमा ७५ लाख, पशु स्वास्थ्यका लागि २० लाख, शिक्षा क्षेत्रमा ८५ लाख वजेट विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकाले उर्जा विकासमा १५ लाख, लैंगीक समावेशीकरणमा १० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै जनस्वास्थ्यमा ३५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य कृषि, पशु सेवा, महिला विकास, उर्जा, वातावरण तथा सहकारीका लागि तय भई आएको सशर्त अनुदान रकम सोही रुपमा खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

यसैगरी गाउँपालिकाको पूर्वाधार विकास, आर्थिक विकास तथा सामाजिक विकासका लागि रु. ५ करोड ५१ लाख ७३ हजारलगायतका विकास कार्यका लागि कूल ३६ करोड ३६ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमध्ये गाउँपालिकालाई वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड १२ लाख, सशर्त अनुदानअन्तर्गत ९ लाख २५ हजार, संघीय सरकारको राजस्व बाडँफाँटबाट ६ करोड ८१ लाख र समपूरक कोष तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत १ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत रु.४१ लाख ४४ हजार, प्रदेश सशर्त अनुदानअन्तर्गत रुं १ करोड, प्रदेश राजस्व बाँडफाँटतर्फ ४० लाख ९७ हजार, प्रदेश समपूरक अनुदानअन्तर्गत १ करोड ५० लाख, वन रोयल्टीबाट ८२ हजार, जिल्ला समन्वय समिति मौज्दात कोष बाडँफाँटबाट रु ३ करोड र आन्तरिक आयतर्फ रु ८५ लाख ब्यहोरिने अनुमान गरिएको छ ।

त्यसैगरी चालु आर्थिक बर्षबाट रु. ३ करोड बचत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *