२०८२ कार्तिक २२ गते शनिवार

माओबादी तुलसीपुरमा सचिव ढकाल र कोषाध्यक्षमा बुढाथोकी निर्विरोध

अध्यक्ष पदमा ४ जना बीच प्रतिष्पर्धा हुने

तुलसीपुर, माघ १७ । नेकपा (माओवादी केन्द्र) तुलसीपुरको नेतृत्वको लागि चार जनाको बीचमा प्रतिष्र्धा हुने भएको छ ।


नेतृत्वका लागि फेरि यसअघिका अध्यक्ष मोहन थापा, अहिलेका उपाध्यक्ष तुलाराम भण्डारी (बारुद) , विष्णु चौधरी र घनश्याम डाँगीले अध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने निश्चित प्राय भएको छ ।
उनीहरु चारै जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्व चुन्न बिहीबार मतदान हुने भएको छ ।


मंगलबार निर्वाचित ६३ सदस्यले मतदान गरि नेतृत्व चयन गर्ने छन् । कुल ६८ जना पदाधिकारी मध्य अन्य चार पदहरु मनोनित हुन बाँकी रहेकाले उनीहरुले मताधिकार अहिले पाउने छैनन् ।


माओबादी भित्र तुलसीपुरमा अध्यक्षसहित अन्य पदाधिकारीहरुका पनि बिभिन्न ब्यक्तिहरुको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष पदमा अमर नेपाली (माइकल), भीम चौधरी र मिनराज ओलीको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा इश्वरादेवी रोका, विन्दु खड्का, पदमा कडेँल र माया पुनको उम्मेदवारी परेको छ ।

सचिब पदमा भने सशिकिरण ढकालको मात्रै उम्मेदवारी परेको हुँदा उनी निर्विरोध भइ सकेका छन् । त्यस्तै सहसचिब पदमा मदनप्रकाश हमाल र प्रकाश वली छन् । त्यस्तै कोषाध्यक्षमा बालिका बुढाथोकीको मात्रै उम्मेदवारी परेको हुँदा उनीपनि सर्वसम्मत रुपमा निर्वाचित हुने छ्न ।


निर्वारोध सचिव र कोषाध्यक्षको बारेमा मतदान भइ सकेपछि मात्रै संगै परिणाम घोषणा हुने छ । माओबादीको तुलसीपुरस्थित पार्टी कार्यालयमा बिहीबार दिउँसो मतदान हुने कार्यतालिका छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *