तुलसीपुर, माघ १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको समग्र विकास प्रदेश सरकारको उच्च प्राथमिकताःमुख्यमन्त्री आचार्य खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार तुलसीपुर उपमहानगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन पछि अमर माध्यमिक विद्यालय उरहरीमा सम्बोधन गर्दै उनले खेल प्रतिको आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको चर्चा गरेका थिए ।
खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको भन्दै उनले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गरे ।
खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने उनले बताए ।
नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउने गरेको भन्दै खेल पर्यटनको सम्भावनालाई ध्यानमा राखेर आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको मुख्यमन्त्रीले आचार्यले बताए ।
खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै युवालाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको बताए ।
मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रबद्र्धनसँग जोडेर स्थानीय तथा अन्तराष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको चर्चा गरेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको भन्दै प्रतियोगिताले खेलाडीको सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण मञ्च बन्ने विश्वास ब्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रम पूर्व विद्यार्थीले विभिन्न झाँकी प्रदर्शन गरेका थिए ।