२०८२ मङ्सिर १ गते सोमवार

स्वर्गिय विष्णु केसीको स्मृतिमा मेट्रो कलेजमा प्रदेशस्तरिय कानुन बहस सुरु

तुलसीपुर, माघ १३ । तुलसीपुर मेट्रो कलेजले प्रदेश स्तरिय मुटकोर्ट प्रतियोगिता आयोजना गरेको छ ।

तुलसीपुरका ब्यवसायी स्वर्गिय विष्णु केसीको सम्झनामा आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेश भरका कानुन अध्यापन हुने कलेजहरुको सहभागिता रहेको छ । प्रतियोगितामा ८ वटा समुहले प्रतिष्पर्धा गर्दै छन ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको नगरप्रमुख टीकाराम खड्काले आइतबार उद्घाटन गरेका हुन ।

नगरप्रमुख खड्काले विद्यार्थीमा वकालत गर्ने क्षमताको विकास गर्न प्रतियोगिता फलदायी हुने आशा ब्यक्त गरे । बहसले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका बहन गर्ने खड्काले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले कानुनका विद्यार्थी संवेदनशिल हुनुपर्ने भन्दै कलेजले प्रतियोगिताको आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा अधिवक्ता अनुज चन्द, विद्यार्थी दुरविन वली लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा भएको हो ।


कार्यक्रममा कार्यक्रम संयोजक विजय पोख्रेलले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने सहजीकरण अधिवक्ता प्रकृति कोइरालाले गरेकी थिइन ।


यो कार्यक्रमका लागि तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले आर्थिक साहेता प्रदान गरेका छन् ।

स्वर्गिय बुवा तथा बाणिज्य संघका पूर्व अध्यक्ष बिष्णु केसीको संझनामा मुटकोट बहस गर्न कलेजको प्रस्ताबमा छोरा बिनिलले लगानी गरेका हुन ।

यो कानुनी बहसमा कानुन पर्दै गरेका प्रदेश भरका बिद्यार्थी कानुनी बहस प्रतिष्र्धामा सहभागि रहेको कलेजले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस :- मेट्रो कलेजको बार्षिक उत्सव

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *