तुलसीपुर, माघ ८ । तुलसीपुर उपमहानगरपालिका द्धारा सञ्चालित ‘तुलसीपुर मेट्रो कलेज’ ले मंगलबार बार्षिक उत्सव मनाएको छ ।
स्थापना दिवसलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालले अबको शिक्षा सीप र प्राबिधिमैत्री हुनुपर्ने जोड दिए । समय अनुकुल मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरे मात्रै स्वदेशमै रोजगारीका अवशरहरु सृजना हुने उनले बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाली काँग्रेसका नेता शंकर गिरीले मेट्रो कलेज तुलसीपुरको पहिचान र एउटा साझा संस्था भएको हुँदा सोही अनुरुप सञ्चालन हुनुपर्ने बताए । आँफु निकटका मान्छेहरुको भर्ति केन्द्र नबनाउन आग्रह गरे ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले मेट्रो कलेज स्थापना पछि तुलसीपुरमा बाह्य जिल्लाबाट पनि विद्यार्थी पढ्न तुलसीपुर आउनु एउटा सकारात्मक र सुखद पक्ष भएको भन्दै शुभकामना दिएका थिए ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले अबको शिक्षा प्रबृधिमैत्री हुनुपर्ने बताए । बिगत केही बर्ष पहिले सम्म चितवन तिर मात्रै प्राबिधिक शिक्षाको पठन पाठन हुन्छ भन्ने सुन्नु पर्ने अवस्था रहेपनि पछिल्लो समय मेट्रो कलेज स्थापना पछि बाहिरका बिद्यार्थी तुलसीपुर पढ्न आउनु सकारात्मक पक्ष मान्न सकिने बताए ।
सीप युक्त र प्रबिधि युक्त दक्ष जनशक्ति उत्पादन भए भविश्यमा रोजगारीका अवशरहरु थप सृजना हुँदै जाने विश्वास उनले ब्यक्त गरेका थिए ।
स्थापनाको हिसाबले कलेज मंगलबारदेखि ६ं बर्षमा प्रबेश गरेको छ । मुलुक भरका ४० जिल्लाका बिद्यार्थी कलेजमा अध्यनरत छन् ।
हाल कलेजमा झन्डै नौं सय विद्यार्थी रहेको कलेजका प्रमुख वशन्त आचार्यले जानकारी दिए ।
तुलसीपुरका मेयर टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम जारी छ । कार्यक्रमको सहजीकरण कलेजकी सुधासुमन वस्यालले गरि रहेकी छन ।
कार्यक्रममा विद्यार्थीले नृत्य, गीतका साथै बिभिन्न प्रस्तुतीहरु राखि रहेका छन् ।