
शिबराज पन्थी
गढवा, असार १० ।
कृषि पर्यटन र पूर्वाधार, उत्पादन रोजगारी समृद्धिको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले सोमवार पाँचौं गाउँसभाको उद्घाटन गर्दै अर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यातामा सुुरु भएको पाँचौ गाउँसभाको उद्घाटन प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले गरे ।
कार्यक्रममा बोल्दै सांसद थारुले बिकास र समृद्धिका लागि सपना देख्न सक्नुुपर्ने भन्दै गढवा गाउँपालिकाले पनि सपनासहितको नीति कार्यक्रम ल्याएको बताए । नदीजन्य पदार्थको चुहावट रोकेर यसको सही ढंगले सदुपयोग गर्नसके गढवाको विकास र समृद्धि सुनौलो रहेको उनले बताए । स्थानीय सरकारहरुले हतार नगरेर ब्यापक गृहकार्यका साथ बजेट ल्याउनुपर्ने र गाउँ नगरका सभाहरु पनि ऐन बमोजिम सञ्चालन गर्ने परिपाटीको विकास गर्नुपर्ने उनको सुझाव थियो ।
गाउँपालिकाले कृषिको आधुुनिकीकरण, ब्यवसायिकरण, यान्त्रिकरण र राष्ट्रिय गौरबको बड्कापथ सिंचाई आयोजना सञ्चालन गर्न विभिन्न निकायमा पहल गर्दै डिपबोीरङ सिंचाइको प्रवद्र्धन गरि कृषिजन्य उद्योगहरु स्थापना तथा संचालन गर्ने र रोजगारीको सृजना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
गाउँपालिकालाई रेशम खेती र केराको थामबाट धागो उत्पादन गर्ने प्रविधिको थप बिकास गरि किसानहरु तथा बेरोजगारहरुलाई रोजगार प्रवद्र्धन गर्ने र प्राविधिक तालिमहरु सञ्चालन गरि दक्ष जनशक्ति निर्माण गर्ने युुवाहरुलाई स्वरोजगार गराउने गाउँपालिकाले लक्ष्य लिएको छ भने प्रत्येक वडाहरुमा एक एक गौरबका आयोजनाहरु संचालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
यसैगरी छाडा पशुु चौपायालाई नियन्त्रण गर्न गौशालाको ब्यवस्थापन गर्ने र मल–मुुत्र समेतको ब्यवस्थापन गर्ने नीति अबलम्बन गरेको बताइएको छ भने ब्यवस्थित डम्पिङ साइट निर्माण गरि फोहर ब्यवस्थापन गर्ने, खेतीयोग्य जमिनहरुलाई खण्डीकरणबाट रोक्दै भूू–उपयोग नीति कार्यान्वयन गर्ने तथा दमकल खरिद गरि विपद ब्यवस्थापनमा प्रभावकारीता अपनाउने गढवाको नीति कार्यक्रममा समावेश गरिएको छ ।

राप्ती र खहरे खोलाहरुको तटबन्धन गर्न स्थानीय, प्रदेश र केन्द्रसँग क्रमागत गुुरुयोजनाका लागि थप पहल गर्ने, सडक पूर्वाधारलाई जोड दिने, कोइलाबासलगायत सबै वडाहरुमा स्वच्छ खानेपानीको ब्यवस्थापन गर्ने र गाउँपालिकास्तरीय खेलकुुद मैदानको ब्यवस्थापन गर्ने गढवाको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको विकाससँगै मठ मन्दिर, धार्मिक एवं ऐतिहासिक र पुुरातात्विक सम्पदाहरुको संरक्षण र विकास गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण उन्नयन र विकास गर्ने, वन वातावरण र जैविक विविधताको संरक्षण गर्दै, सिमसार संरक्षण, सडकका दुबै किनारामा विरुवा रोपन र हरियाली प्रवद्र्धनका साथ आठवटै वडाहरुमा ग्रिन पार्कहरु निर्माण गर्ने सामुदायिक विद्यालयहरुको विद्यार्थी संख्या, शैक्षिक गुणस्तर तथा भौगोलिक आवश्यकता अनुसार एक आपसमा मर्ज गरी स्थानीय करार शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने,गाउँपालिका भित्र प्राविधिक धारतर्फ कम्तीमा ३ विधामा माध्यमिक तह सञ्चालन गर्नेगढवाको नीति कार्यक्रममा समावेश गरिएको छ ।
जनताको आधारभूूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबै स्वास्थ्य चौकीहरुमा एमबिबिएस डाक्टरको सेवा उपलब्ध गराउने, थारु जातिमा देखापर्ने गरेको सिकलसेल एनिमियाको उपचारमा थप प्रभावकारीता ल्याउने, सुुत्केरी पोषण भत्ता ४ हजारलाई निरन्तरता दिदै जटील रोगहरुका लागि आर्थिक सहयोग तथा सिफारिसको ब्यवस्थापन गर्ने, स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने र गढवामा सर्पदंश उपचार केन्द्रको स्थापना गर्ने, युुवा तथा खोलकुुद कार्यक्रमलाई प्रभावकारीता दिने गढवाको नीति कार्यक्रममा समावेश गरिएको छ ।
महिला, बालबालिका तथा समावेशी कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सौर्य, जल तथा वायु उर्जाका माध्यमबाट आगामी २ वर्षभित्र सबै ठाउँमा विद्युुत्त विस्तार गरि उज्यालो गढवा कार्यक्रमलाई निरन्तरता दिने, करको दायरालाई वैज्ञानिक ढंगले ब्यवस्थापन गरी राजस्व संकलनमा जोड दिने, बजार अनुुगमनलाई प्रभावकारी बनाउने, बैंक वित्तीय संस्था र गैरसरकारी संस्थाहरुलाई दर्ता गरी व्यवस्थित गर्ने, सहकारी संस्थाहरुलाई दर्ता तथा प्रोत्साहन गर्ने, कर शिक्षा कार्यक्रम सञ्चालन र व्यवसाय दर्ता अभियान सञ्चालन गर्ने गढवाको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी गाउँपालिकाले सबै वडाहरुमा इन्टरनेट जडान र अनलाइन पंजिकरणको ब्यवस्थापन गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणमा बैकिङ प्रणालीलाई निरन्तरता दिने, गैर सरकारी क्षेत्रलाई आर्थिक सामाजिक विकासको साझेदारको रुपमा परिचालन तथा नियमन गर्ने, जेष्ठ नागरिकलाई निःशुल्क आँखा उपचार सेवा, घरदैलो स्वास्थ्य परिक्षण र सम्मानको व्यवस्था गर्ने, सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न गाउँ प्रहरीको व्यवस्था गर्ने, घुुम्ती स्वास्थ्य शिविरको ब्यवस्था गर्ने, उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, बालमैत्री स्थानीय शासन सञ्चालन गर्न आवश्यक तयारी गरी २ वर्षभित्र गढवा गाउँपालिकालाई बालमैत्री घोषणा गर्नेगढवाको नीति कार्यक्रममा समावेश गरिएको छ ।
वडा नं. १ को धोद्रेलाई औद्योगिक ग्राम निर्माणका लागि आवश्यक पहल गर्ने, कालाकाटे र गढवामा ब्यवस्थित वसपार्क निर्माण गर्ने, कृषि पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि प्रथम कृषि व्यापारीक महोत्सव सञ्चालन गर्ने, आपतकालीन सेवा केन्द्र स्थापना गरी विपद्को सूचना ब्यवस्थापन गर्ने, निर्माण कार्यमा जनसहभागिता परिचालन गरि उपभोक्ता समितिलाई पुरस्कृत गर्ने गाउँपालिकाका निती कार्यक्रमहरु रहेको अध्यक्ष सहजराम यादवले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवाका अध्यक्ष कालीराम चौधरी, नेपाली काँगे्रस गढवाका सभापति श्रीपत चौधरी, समाजवादी पार्टी नेपालका जगतराम यादव, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल, जिल्ला समन्वय समितिका सदस्य देविलाल थारु कुमाल, वन तथा वातावरण संस्थाका अध्यक्ष उमाकान्त पन्त, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य समाजसेवी बुद्धिजीविहरु हेमराज शर्मा, चञ्चला चौधरी, सकुन्तला डिसी, देवराज कुँवर, शिक्षकहरु लालबहादुर भण्डारी, रामसुरत यादव, मुक्ति प्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नीति तथा कार्यक्रम अध्यक्ष सहजराम यादवले प्रस्तुत गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट सुुरु भएको गाउँसभाको सञ्चालन स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले गरेका थिए । गाउँसभाको बन्दसत्र असार १० मा गरिने र बजेटमाथि छलफल सुरु हुने बताइएको छ ।