२०८२ मङ्सिर १ गते सोमवार

बाँकेमा बाघले महिला मार्यो

दाङ, माघ १० । बाँकेमा फेरि बाघले एक जना महिलाको ज्यान लिएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका – ९ ओभरीकी ६७ वर्षीया सेती बुढा मगरको बाघले ज्यान लिएको छ ।


बुधबार बिहान ११ बजेतिर घरबाट स्थानीय भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा गएकी उनी घर नफर्किएपछि खोजी सुरु भएको थियो ।

खोजीका क्रममा बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वन भित्र झन्डै ३ किलोमिटर दक्षिण पूर्वमा टाउको र खुट्टा खाएको अवस्थामा स्थानीयले बुढा मगरको शब दिउँसो साढे ३ बजेतिर फेला पारेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले घटनाबारे दिउँसो ४ बजेतिर मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सेतीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले सुरक्षाकर्मी खटाएर बाघको खोजी थालेको छ । घटनास्थल वरिपरी क्यामेरा राखिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *