२०८३ असार ७ गते आइतवार

वालवालिका लाई लागुऔषध तथा दुर्बेसनवाट बचाउन अभियान


तिर्थराज ज्ञवाली,
देउखुरी, आषाढ ९। राप्ती गाउँपालिका महिला तथा बालबालकिा शाखाको आयोजनामा विद्यालयका वालकालकिा लाई लागुऔषध तथा दुर्बेसन वाट बचाउन अभियान सचेतना कार्यक्रम सुरु गरिएको छ ।

सोमवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले पीपरी स्थीत शंकर माध्यामीक विद्यालयमा कार्यक्रमको सुरुवात गर्दै सबै बालबालीका लाई कुलत, बेईमानी, ठगी र नराम्रा कार्यवाट टाढै रहन अनुरोध गरेका छन । अध्यक्ष सुवेदिले बालबालीका नयाँकार्यका संवाहक तथा कर्णधार भएका कारण केटा वा केटि सबै असल कार्यतर्फ अग्रसर भई राम्रो शिक्षा हासील गर्न लाग्नु गर्ने बताए ।

राप्ती क्षेत्रका माध्यामीक विद्यालयहरुमा बालबालीकाहरुका लागि लागु पदार्थ दुर्बेशनी रोकथाम सम्वन्धि सचेतना गरिने महिला तथा बालबालीका शाखाका सहायक महिला निरिक्षक द्धय जिवन जिसी र विनिता अधिकारीले बताए ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, लागु पदार्थ दुर्बेशनी रोकथाम सम्वन्धि प्रशिक्षक बसन्त पुन, सिसहनिया प्रहरी चौकी निमिक्त प्रमुख मदन बहादुर यम सि विद्यालयका प्रध्यानाध्यापक राम कुमार चौधरी सञ्चार संयोजक तिर्थराज ज्ञवाली, प्रहरी जवान रमेश मल्ल नयाँ पाईला पुनः स्थापनाका कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *