२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी तिव्र


तुलसीपुर,पुस २५ । आउदो माघ १५ गते देखि सुरु हुने तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तिव्र पारिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको संयोजनमा उरहरी खेल मैदानमा संचालन हुने प्रतियोगिता लाई सार्थक र परिणाममुखी बनाउन यतिबेला आर्थिक ब्यबस्थापन, प्रचारप्रसार, खेलमैदान मर्मत,आवास तथा भोजन, सुरक्षा,आतिथ्य सत्कार,झाकी जुलुस,साँस्कृतीक कार्यक्रम,स्काउट तथा जुरेस, मार्चपास,लगाएतका सबै प्रकारका तयारी लाई तिव्र पारिएको प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिब तथा अमर माबी उरहरीका प्रधानाध्यापक पदम बहादुर वलिले जानकारी दिए ।

तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितालाई कसरी भब्य एवं सभ्य तवरले ऎतिहासिक बनाउन सकिन्छ भन्ने उदेश्य ले संयोजनको जिम्मा पाएको अमर माद्यामिक बिधालय ले बृहत भेला मार्फत मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा विभिन्न टोल विकास संस्था, स्थानिय सुरक्षा निकाय, संघसंस्था तथा बुद्धिजिवी सहभागी भेलाले आफ्नो तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरेको प्रधानाध्यापक वलीले बताए ।

भेलाले मान बहादुर रावतको संयोजकत्वमा सुरक्षा ब्यवस्थापन,शिक्षक देव बहादुर वलीको संयोजकत्वमा मञ्चब्यवस्थापन,डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन,निर्मल कुमार वलीको संयोजकत्वमा स्वंयमसेवक परीचालन,रीता चौधरीको संयोजकत्वमा साँस्कृतीक,यज्ञ बहादुर अधिकारीको संयोजकत्वमा प्रमाण पत्र तयारी तथा ब्यवस्थापन, शुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस ब्यवस्थापन,देव नारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन,जागेश्वर भण्डारीको संयोजकत्वामा चुट्टका भजन,चुर्ण बहादुर रावतको संयोजकत्वमा आर्थिक संकलन समिति,टिकाराम न्यौपानेको संयोजकत्वमा भोजन ब्यवस्थापन उपसमिती गठन गरिएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथी रावतले यस बर्षको रनिङ शिल्ड ऎतिहासिक हुने बताउनु भयो । उहाले अमर माबि उरहरिले रनिङ शिल्ड संचालन गर्ने जिम्मा पाउनु सिङ्गो वडा न ११ को सान र गौरव भएकाले प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन सबैको सहयोग उत्तिकै खाचो रहेको बताए।

साथै खेलाडी,अतिथीलाई खाना र आवास सहित साँझ सांस्कृतीक कार्यक्रमको ब्यवस्था यस बर्षको रनिङ शिल्डमा आयोजना गरिएको उनले बताए ।

भेलामा नेपाली कांग्रेसका हेम बहादुर वली,नेकपा एमालेका सोमिलाल चौधरी,माओवादीका गजाधर चौधरी,रास्वपाका पवित्रा केसी, बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष लोकजङ शाह,स्वास्थ्य चौकी बेलटाकुराका चित्र बहादुर वली,खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगायतले बोलेका थिए ।

भेलाको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *