२०८२ कार्तिक २१ गते शुक्रवार

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी

घोराही, पुस २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को ३४ औं स्थापना दिवसका अवसरमा मंगलबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ ।


घोराहीस्थित मेचीकाली विद्यालयको खेलमैदानमा सञ्चालन भएको पत्रकार महासंघ र प्याब्सन बीचको प्रतियोगितामा प्याब्सनको समूह २—० को सोझो सेटमा विजयी भएको थियो ।

उद्घाटन सत्रका प्रमुख अतिथिको मन्तव्य राखेका प्याब्सन केन्द्रका निवर्तमान प्राज्ञिक सल्लाहकार अरुण कुमार शर्माले स्थापना दिवसको अवसरमा प्याब्सनले बिगतदेखि मैत्रीपूर्ण खेलको अभ्यास गरिरहेको भन्दै त्यसले आपसी सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

प्रतियोगिता प्याब्सन र महासंघ बिचको सम्बन्ध मजबुत बनाउने विश्वासका साथ आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले यस्ता खेलले शारीरिक र मानसिक रुपमा जोडिन मद्दत पुग्ने बताएका थिए ।

प्याब्ससनका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेले गरेका थिए । कार्यक्रमको संयोजक प्याब्सन जिल्ला सदस्य सुनिल गौतम थिए । कार्यक्रमको सहजीकरण प्याब्सन जिल्ला सहकोषाध्यक्ष विमल अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *