
दाङ,असार ७। रोल्पा जिल्लाका एकजना वडा अध्यक्षको शुक्रवार दिउँसो निधन भएको छ । जिल्लाको थबाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ६० बर्षीय फर्कबहादुर बुढा ‘उज्वल’को काठान्डौंवाट घर तर्फ आउँदै गर्दा बाटो मै निधन भएको छ ।
उनी गत जेठ ३० गते एक्कासी उच्चरक्तचापका कारण एक्कासी विरामी परेका थिए । त्यसपछि वडा अध्यक्ष बुढालाई उपचारका लागि जेठ ३१ गते काठमान्डौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।
उच्च रक्तचापका कारण मस्तिष्कघात भइसकेको अवस्थामा पु¥याइएका वडा अध्यक्ष बुढाको उपचार संभवन नभएपछि चिकित्सकको सल्लाह बमोजिम सात दिन घर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सहयोगी मौसम रोकाले जानकारी दिए ।
२०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मदवारी दिएका अध्यक्ष बुढाले तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका निकटतम प्रतिद्धन्दी ग्रिस पुनलाई हराएका थिए ।
आस्थाले वडा अध्यक्ष बुढा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा नेता हुन । तर उनले पार्टीको नीति विपरित स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई तत्कालिन समय पार्टीले कारवाही गरेको जानकारी दिएको थियो । दशवर्षे ‘जनयुद्ध’का क्रममा स्वर्गीय अध्यक्ष बुढा तत्कालिन जनसेनाका १ नम्वर प्लाटुनका स्वास्थ्यकर्मी पनि थिए । अध्यक्ष बुढाको अन्त्येष्टि गृह जिल्ला रोल्पामा गरिने भएको छ ।