२०८२ मङ्सिर २२ गते सोमवार

रोटरी क्लबले दियो माबि बालापुरलाई खेलसामाग्री


तुलसीपुर, असार ६ । रोटरी क्लबअफ तुलसीपुर सिटीले शुक्रबार माबि बालापुरलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । व्याटमिन्टन ,फूटबल,फूटसल लगायतका खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयमा विभिन्न खेलकुद गतिविधि संचालन गर्न सहयोग पुगोस भनेर ती खेल सामाग्री हस्तान्तरण गरिएको क्लबका तुलसीपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उधोग बाणिज्य सङघका पूर्व अध्यक्ष बिमल रिजालले क्लबले सामाजिक कार्यमा समाजसंगै हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।

त्यस कार्यक्रमलाई रोटरी क्लबअफ तुलसिपुर सिटीका भाबि अध्यक्ष देबबहादुर केसी,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,बिधालयका प्रधानाध्यापक सुवर्णकुमार लामिछाने ,शिक्षक निर्मल नेपाली लगायतले मनतब्य व्यक्त गरेका थिए । खेलकुद सामाग्री वितरण कार्यक्रम क्लवका अध्यक्ष श्रेष्ठेको अध्यक्षतामा भएको हो ।

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *