२०८२ मङ्सिर १ गते सोमवार

ज्ञान ज्योति तुलसीपुर ५ स्वर्ण र २ रजतसहित शिर्ष स्थानमा

एन प्याब्सनको जिल्ला स्तरिय खेलकुद प्रतियोगिता शुक्रबार सकिदै

लक्ष्मण बस्नेत, तुलसीपुर, पुस ११ । एन प्याब्सन दाङले आयोजना गरेको जिल्लास्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०८१ को बिहीबारसम्मको नतिजामा ज्ञान ज्योति मावि तुलसीपुर पदक तालिकामा शिर्ष स्थानमा छ ।


बेल्झुण्डी रंगशालामा जारी प्रतियोगिताको बिहीबारको एथलेटिक्स तर्फको १५ पदकको टुंगो लाग्दा ज्ञान ज्योति तुलसीपुर ५ स्वर्ण र २ रजत पदकका साथ शिर्ष स्थान छ । सुरुदेखि नै पदक तालिकमा ज्ञान ज्योति शिर्ष स्थान कायमै राख्दै आएको छ ।

द्वितिय स्थानको जनप्रिय बोर्डिङ स्कुल बालापुरले बिहीबारसम्म ३ स्वर्ण,१ रजत १ कास्य पदक जितेको छ ।
त्यस्तै मिडवयष्ट प्वाईन्ट एकेडेमी शान्तिनगर खैरेनी २ स्वर्ण,५ रजत र ३ कास्य पदक जित्दै तृतिय स्थानमा रहेको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले बताए ।

प्रतियोगिता अन्तरगत भलिबल छात्रा तर्फ मिडवयष्ट प्वाइन्ट एकेडेमी खैरेनी र जनप्रिय बोर्डिङ स्कुल बालापुर फाइनल भिड्ने निश्चित भएको छ । पुरन्धारा एकेडेमीले तृतिय भएको छ । मोडर्न दिग दर्शन बबई – ६ सान्त्वना भएको छ ।


भलिवल अन्तगर छात्र तर्फ जनप्रिय फाइनलमा प्रवेश गरेको छ । पिपुल्स ल्याण्ड र श्रीगाँउ लाइभ भिजन सेमिफाइनलको लागि भिड्ने छन् । यी दुई बीचमा हुने खेलको बिजेता टिमले जनप्रिय संग फाइनल खेल्ने छ ।
प्रतियोगिता शुक्रबार सकिने छ ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *