२०८२ मङ्सिर १ गते सोमवार

रबि बिरुद्ध झन्डै २८ करोड बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा

रवि, छवि, जिबी लगाएत अरु के मुद्दा लगाइयो ?

पोखरा , पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका बिरुद्ध झन्डै २८ करोड जतिको बिगो मागदाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रबि विरूद्ध सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ। एनका बिरुद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमापनि मुद्दा दायर गरिएको छ ।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले सम्पत्ति शुद्धीकरणमा रबिको मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर भएको जानकारी दिइन ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रविसहित उनकी श्रीमति निकिता पौडेल र अन्य केहीको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले आइतबार दायर गरेको मुद्दामा रबि र उनकी श्रीमतिसहित जिबी राई र छविलाल जोशीको पनि सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गेको हो । रबिकी श्रीमति पौडेलसहित लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्वडिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो।

जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ। गुरूङबाहेक अन्यविरूद्ध पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा मुद्दा दायर भएको छ । उनीहरूविरूद्ध एक अर्ब ५१ करोड बिगो मागदाबी भएको छ।

रविको मात्रै मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको छ भने पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको भन्दै सोही मागदाबी गरि सम्पत्ति शुधिकरणमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लिला पछाईविरूद्ध मुद्दा दायर भएको हो।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुरदार ठह¥याइएको छ । आठ वटा कम्पनि र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *