२०८२ मङ्सिर १९ गते शुक्रवार

ट्राफिक हवल्दार र नक्कली पत्रकार यसरी परे अख्तियारको फन्दामा


दाङ, असार ५ । सुन्दा आश्चर्य लाग्ने यो घटना हाम्रै दाङमा घटेको एउटा घटना हो । दुई सय घुस मागेकै कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत हवल्दार पूर्ण आकाश सिंह र त्यो घुस दिने तुलसीपुरका सुनिल न्यौैंपाने दुबैजना हाल थुनामा छन् ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार जेठ १८ गते तुलसीपुर निवासी सुनिल न्यौंपाने घोराहीस्थित पाण्डबेश्वर मन्दिर तर्फ जाँदै थिए । उपमहानगरपालिका वडा नं. १५ स्थित सडकमा ट्राफिक हवल्दार पूर्ण आकाश सिंह डिउटीमा थिए । मोटरसाईकलमा सवार न्यौंपानेसंग सवारी चालक अनुमति पत्र लगाएत गाडिधनी काजगपत्र पनि थिएन । उनलाई जानदिन घुस स्वरुप ट्राफिक हवल्दार सिंहले मोटरसाईलकमा सवार न्यौंपाने संग दुईसय रुपैंया घुस मागे ।

त्यो रकम न्यौंपानेले ट्राफिक हवल्दार सिंहलाई दिए । तर लगतै न्यौंपानेले आँफु पत्रकार भएको र सबैकुरा भिडियो रेकर्ड गरेको नाटक गरे । त्यसपछि भने घटनाले उल्टो मोड लियो । उल्टै दुईसय रुपैंया घुस दिएका न्यौंपानेले ट्राफिक हवल्दार संग कुरा सार्वजनिक नगर्ने भए ५ हजार दिन माग गरे । तत्कालै ट्राफिक हवल्दार सिंहले न्यौंपानेलाई ५ हजार रकम दिए ।

त्यतिले नपुगेर न्यौंपानेले थप ५० हजार दिन ट्राफिक हवल्दारलाई ताकेता गरे । अन्यथा २ सय घुस लगेको भिडियो सार्वजनिक गरिदिने चेतावनी दिए । ट्राफिक हवल्दार सिंहले ५० हजारको चेकमा हस्ताक्षर गरेर पनि न्यौंपानेलाई दिए । त्यतिगर्दा पनि न्यौंपानेको चित्त बुझेन ।

अरु थप ५० हजार नगद माग गरे । त्यो कुरा एसपी पाण्डेले थाहाँ पाए । ट्राफिक हवल्दार सिंहले ५० हजार नगद लिनका लागि जेठ २३ गते तुलसीपुरका न्यौंपानेलाई घोराही बोलाए । एसपीको योजना ट्राफिक हवल्दार प्रहरीको निगरामीमा खटाइए ।

जेठ २३ गते दिउँसो तुलसीपुरका न्यौंपाने घोराही पुगेर ट्राफिक हवल्दार सिंहसंग थप ५० हजार बुझ्दै गर्दा पक्राउ परे । सोही दिन दुबैजनालाई घुस रिस्वत र भ्रष्टाचरको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय बाँकेमा पठायो ।

बाँकेवाट जेठ २४ गते दुबैजना अभियुक्तलाई काठामन्डौं पठाइएको छ । दुबै जनामाथि अख्तियारले छानिविन गरिरहेको छ ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *