२०८२ कार्तिक ३० गते आइतवार

रोल्पाको रुन्टीगढी – ४ मा काँग्रेसका भूपमणि पुन मगर निर्वाचित

दाङ, मंसिर १६ । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन् ।


प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले काँग्रेसका मगरले ६४३ मत प्राप्त गरि निर्वाचित भएका फरककोणलाई बताए ।

उनका निकटतम प्रतिपष्र्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत प्राप्त गरेका थिए । अर्का प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत प्राप्त गरेका थिए ।


त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत प्राप्त गरेका थिए । यहाँ २१ मत बदर भएको थियो । २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएको थियो।

अहिले भएको उपनिर्वाचनमा यहाँ झण्डै ६० प्रतिशत मत खसेको थियो । एक हजार दुई सय ९७ मत खसेको थियो । कुल मतदाता एक हजार नौं सय थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *