२०८१ मङ्सिर १९ गते बुधवार

जस्पुरमा प्रहरी भान्सा घरको उदघाटन


तुलसीपुर, मंसिर १५ । प्रहरी चौकी उरहरी जस्पुरको भान्सा घरको उदघाटन गरिएको छ । तुलसीपुर उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शनिबार उदघाटन गरेका हुन ।


तुलसीपुर उपमहानगरपालिकाको चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्से घरको निर्माण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख खड्काले पालिकाभित्र रहेका प्रहरी युनिटमा जग्गा प्राप्ति भएका स्थानमा आवश्यक संरचना निर्माण गरिने बताएका थिए । जग्गा प्राप्तिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग हुने वताए ।


कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने हुँदा समयमै सूचना दिएर सघाउन आग्रह गरे ।

जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेको र ११ वटाको जग्गा प्राप्ति भएपनि भवन निर्माण गर्न साधन स्रोतको अभाव रहेको उनले बताएका थिए ।

स्थानीय द्रोण बस्नेतले प्रहरी चौकीमा शौचालय र गोलघरको आवश्यकता रहेको भन्दै समुदायबाटै निर्माण सुरु गरिएको प्रहरी चौकी थप संरचना निर्माणमा स्थानीय सरकारको सहयोग सकारात्मक रहेको बताएका थिए ।
प्रहरी चौकी जस्पुरका प्रमुख भरतनाथ योगीेले तीन कोठे भवनमा भान्सा मात्र नभइ विपदको समयमा राहत सामग्री व्यवस्थापन, निर्वाचनको समयमा निर्वाचन सामग्रीसमेत व्यवस्थापन गर्न सकिने बताएका थिए ।


सामाजिक विकास समितिका संयोजक एवम ११ वडाध्यक्ष मानबहादुर रावत, वडा न १० वडाध्यक्ष यमराज केसी,महिला नेतृ सुष्मा गिरी लामिछाने लगायतकाले स्थानीय सरकारले प्रहरीको भान्सा घर निर्माणमा गरेको सहयोग सकारात्मक रहेको बताएका थिए ।


कार्यक्रममा प्रहरी चौकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्ने तेजबहादुर बुढाथोकी र तीन कठ्ठा जग्गादाता दान गर्ने मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
वडा न १२ का वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *