दाङ,मंसिर १० । दाङको लमहीबाट तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर – ५ न्यूरोडका रोशन विकको अवस्था भने सामान्ने छ ।
आज बिहान ४ बजे लमहीबाट तुलसीपुर जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातोडाँडामा प्रहरीले राखेको ब्यारिकेडमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार तुलसीपुर-९ बेलुवाका ३० वर्षीय युवक लिलाराम डाँगीको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सल्यानस्थित बगचौर नगरपालिका-३ घर भएर डाँगी तुलसीपुरको बेलुवा बस्दै आएका थिए।
मोटरसाइकल चालक बिक प्रहरी नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार चालक बिकले अत्यधिक मदिरा सेवन गरेका थिए । दुर्घटना बारे अनुसंधान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
