लक्ष्मण बस्नेत,तुलसीपुर,मंसिर ७ । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि टरिगाउ युथ क्लब तुलसीपुर र बिर्गेड ब्वाइज फुटबल क्लब ललितपुर काठमाडौ भिड्ने भएका छन् ।
हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराही लाई पेनाल्टीमा ५-३ ले पाखा लगाउदै टरिगाउ युवा क्लब तुलसीपुरले फाईनल यात्रा तय गरेको थियो।
त्यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा युएनबिसी नया बजार घोराही लाई पेनाल्टीमा ३-१ ले पराजित गर्दै बिर्गेड ब्वाइज ले उपाधिका लागि टरिगाउ संग भेट पक्का गरेको हो ।
दुबै टिममा शसक्त र शानदार खेल प्रदर्शन गर्न सक्ने खेलाडिको वर्चस्व भएकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । फाईनल खेल दिउँसो १ बजे बाट सुरु हुने प्रतोयोगिताका संयोजक प्रेस गिरिले जानकारी दिए ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक दोस्रो सेमिफाइनल खेलको निर्धारीत समय सम्म २-२ गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको हो ।
खेलको पहिलो हाफ्को समाप्ती सम्म गोल रहित बराबरी भएपनी दोस्रो हाफ्मा उत्कृष्ट लयमा देखिएका दुबै टिम आक्रमक रुपमा प्रस्तुत भइरहदा युएनबिसिका जर्सी न १४ का रोबर्ट कोबिना ले दोस्रो हाफ्को १२ औ र जर्सी न १३ का चन्दन दासले १३ औ मिनेटमा स्कोर गर्दै टिम लाई २-० को अग्रता दिलाए ।
उता सबैले हारको नजिक पुगिसकेको अनुमान गरेको बिर्गेड ब्वाइज दोस्रो हाफ्को अन्त्य अन्त्यमा वेष्ट कम ब्याक गर्दै ३७ औ मिनेटमा जर्सी न ५ का विशाल भन्डारी ले जवाफी पहिलो गोल गरे भने ४३ औ मिनेटमा अबिषेक रानामगरले दोस्रो गोल गर्दै टिम लाई बराबरिमा पुर्याउन सफल भए ।
खेलमा पेनाल्टिमा उत्कृष्ट २ बल सेभ गर्न सफल बिर्गेड ब्वाइजका सौरभ कार्की म्यान अफ द म्याच भए ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ ।
यसैबिच भोलि हुने प्रतियोगिताको फाईनल खेल तथा समापन समारोहमा उपस्थितका लागि आयोजकले खेलप्रेमी,खेलाडि,सहयोगी संघ / संस्था, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।