लक्ष्मण बस्नेत,तुलसीपुर,मंसिर ६ । टरिगाउ युथ क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराही लाई पेनाल्टी ट्राईवेकरमा ५-३ ले पाखा लगाउदै टरिगाउ युवा क्लब तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारीत समय सम्म एक एक गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको हो । खेलको सुरुवाती चरणमा उत्कृष्ट लयमा देखिएको राईजिङ स्टारका जर्सी न ८ का आशिष जिसिले पहिलो हाफ्को २० औ मिनेटमा स्कोर गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए ।
दुबै टिमले गोल गर्न सक्ने थुप्रै अवसर गुमाईरहदा खेलको ७४ मिनेटमा पाएको पेनाल्टिको सदुपयो गर्दै टरिगाउका जर्सी न ४ का सन्दिप केसिले टिम लाई १-१ को बराबरिमा पुर्याउन सफल भए ।
खेलमा टरिगाउका विशाल केसि म्यान अफ द म्याच भए ।
त्यस्तै भोलि सुक्रवार दिउसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् । खेल दिउँसो १ बजे बाट सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिए ।
मङ्सिर ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ ।