दाङ, मंसिर २ । लुम्बिनी प्रदेशका पाँच जिल्लाका ६ स्थानमा भइ रहेको स्थानीय तहको उपनिर्वाचन मध्य सबैभन्दा बढी उम्मेदवारी कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिका – १ को वडाध्यक्ष पदका लागि परेको छ । यो वडामा १४ जनाले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।
यहाँ ४ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । अब्दुल मुयिद मु, अब्दुल अब्बल फकिर, पुजारी थारु, सर्वजित मल्लाह गरि चार जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरले जानकारी दिए ।
यहाँ नेपाली काँग्रेसका तर्फ बाट दिनेशकुमार यादब, नेकपा (माओबादी केन्द) बाट रफि मोहमद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टी बाट अबधेसकुुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट इनताज मोहमद धोवी, जनता समाजबादी पार्टी, नेपाल बाट रामबहादुर कुर्मी चौधरी, जनमत पार्टी बाट सिताराम पटेल कुर्मी,नागरिक उन्मुक्ति पार्टी बाट सुर्यकुमारी चौधरी थारु, जनता समाजबादी पार्टी बाट रमेशकुमार पाण्डे, नेकपा (एकीकृत समाजबादी) सुब्बा थारु र नेकपा (एकीकृत माक्सबादी लेनिनबादी) बाट मोहमद ताहिर मुसलमानले उम्मेदवारी दर्ता गराएका छन् ।
यो वडामा पनि नेकपा (एमाले)ले उम्मेदवार उठाएको छैन ।
यसअघि यो वडामा नेपाली काँग्रेस तिलकराम यादब निर्वाचित भएका थिए । उनको ब्रेनटयूमरका कारण उपचारका क्रममा भारतमा मृत्यु भएको थियो ।