
यमकला भुसाल,
तुलसीपुर,असार ३ । जिल्लाको बालश्रम अन्त्यका लागी सरोकारवालाहरुसगं छलफल गरिएको छ । राष्ट्र्रीय श्रम प्रतिष्ठान काठमाडौँको आयोजनामा सोमवार तुलसीपुरमा उक्त विषयमा छलफल गरिएको हो । विसिसी नामक सस्थाँले विगत ४ वर्षदेखि तुलसीपुरका विभिन्न वडामा सञ्चालन भएको व्यबहार परिवर्तनका लागि सञ्चार कार्यक्रमको प्रभावकारीता र आउँदा दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा पनि छलफल गरिएको छ ।
राष्ट्र्रीय श्रम प्रतिष्ठान काठमाडौँका अध्यक्ष डा.शिवकुमार शर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्ने सहभागीहरुले अझैपनि जिल्लामा केही प्रतिशत बालबालिकाहरु श्रम गरिरहेको भेटिने बताए । उनीहरुले बालश्रम समस्या अन्त्यका लागि सरोकारवाला सबै पक्षले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बालअधिकारकर्मी नवराज लामिछानेले पछिल्लो समय जिल्लामा बालश्रमीकको अवस्था घट्दो क्रममा देखिएको बताए । उनले बालश्रम मुक्त नगर बनाउन तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका घरघरमा पुगेर बालश्रमिमको अवस्था अध्ययन गरिएको पनि बताए ।
बालश्रम न्युनीकरण गर्न विसिसी नामक सस्थाँले दाङमा २०१६ मा देखि अध्ययन सुरु गरेको थियो,उनले भने –बालश्रम अन्त्य गर्न विभिन्न कचेरी सडक नाटक,घरदैलो भेटघाट,सन्देश मुलक पोष्टर टास्ने,वितरण गर्ने,विभिन्न ठाउँमा बालश्रमको अवस्था बारे छलफल गर्दे आएको छ । उक्त सस्थाँले अहिले नेपालका ६ वटा स्थानीय तहमा बालश्रमको अवस्था बारे अध्ययन गरिरहेको उनको भनाई छ ।
यस्तै सहभागी तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसीले बालश्रम न्युनीकरण गर्नका लागी सबै एक भएर लाग्नुपर्ने बताए । साथै उनले प्रत्येक बालबालिकाका अभिभावकलाई बालश्रम न्युनीकरण बारे जानकारी दिन सके बालश्रम कम हुने बताए । यस्तै सहभागी ललिता कडेलले बालश्रम अन्त्य गर्न स्थानीय निकाएले अनुगमनका कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताइन ।
सो अवसरमा सिविसीका व्यवस्थापक प्रमोद आचार्य,रामप्यारी चौधरी लगाएतले सबै एकभएर लागे बालश्रम न्युनीकरण गर्न सकिने बताए । साथै बालश्रम विरुद्धका नियमित कार्यक्रमहरु गरेर समाजमा सकारात्मक सन्देश प्रदान गर्न सके त्यसले बालश्रमीकहरु घट्दै जाने समेत धारणा राखे ।