२०८१ मङ्सिर १९ गते बुधवार

नेपाली कांग्रेसको १०० दिने विशेष अभियान दाङमा पनि सुरु


दाङ,कार्तिक २५ । नेपाली काँग्रेसको केन्द्रीय समितिद्वरा संचालित”१०० दिने विशेष अभियान” दाङमा पनि सुरु भएको छ ।

नेपाली कांग्रेस दाङले आइतबार देखि जिल्लाका एक सय वडाहरुमा १०० दिने विशेष अभियान २०८१ शुरु गरेको हो ।

सोही कार्यक्रम अन्तर्गत आइतबार दाङ जिल्लाका १०० वटै वडामा जिल्ला प्रतिनिधिहरु प्रतिनिधिकोरुपमा मनोनयन गरि पठाई सकिएको नेपाली कांग्रेस दाङका प्रबक्ता गौरव आचार्यले जानकारी दिए ।

उनका अनुसार कांग्रेस जिल्ला प्रतिनिधिहरुले प्रतिनिधिसभा क्षेत्रिय सभापति,प्रदेश सभा क्षेत्रिय सभापति र पालिका सभापतिहरुसंग समन्वय गरि केहि वडा बाहेक सबैमा १०० दिने विशेष अभियानकाे भब्य रुपमा सफल भएको बताए ।

बांकी रहेका वडामा केहि प्राबिधिक त्रुटि भएको हुँदा उक्त वडामा पनि ३ दिन भित्र अभियान संचालन गर्ने प्रवक्ता आचार्यले जानकारी दिए ।

साथै दाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली केन्द्रीय प्रतिनिधिको रूपमा खटिएका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *