२०८२ मङ्सिर २४ गते बुधवार

आगोले तीन घर गोठ जलेर नष्ट


दाङ, असार १ । दाङका विभिन्न स्थानमा भएका आगलागी बाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट पशु चौपायाको पनि क्षति भएको छ । शनिवार दिउँसो भएको आगलागी बाट घोराही उपमहानगरपालिका वडा नं. १ चित्रटाँरी निवासी बासुदेव घर्तीको एक तले ७ वटा कोठा युक्त जस्ता पाताले छाएको एउटा घर र एक तले दुई कोठे युक्त फुसले छाएको गोठ जलेर नष्ट भएको छ ।

आगलागी बाट घर्तीको साढे १४ लाख जतिको क्षति भएको छ । त्यस्तै शनिवार नै पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा भएको आगलागी बाट सावित्रा नेपालीको फुसको छानोयुक्त गोठ जलेर नष्ट भएको छ । त्यही गोठ भित्र रहेका ३ वटा बाख्रा पनि जलेर मरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुबै घटनामा आगो लाग्नुको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *