२०८३ असार ७ गते आइतवार

पतञ्जली योग साधनाले मनायो पहिलो वार्षिकोत्सव


घोराही, ३२ जेठ ।
पतञ्जली योग शौरभ पार्टी प्यालेस योग साधना केन्द्र घोराहीले पहिलो वार्षिकोत्सव मनाएको छ । केन्द्रकी अध्यक्ष रञ्जु श्रेष्ठको अध्यक्षतामा एवं प्रदेश नम्बर ५ का प्रभारी प्रेम शाहको प्रमुख आतिथ्यता तथा प्रदेश नम्बर ५ की सहप्रभारी शारदा पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुको नियमित योगले निरोगी बनाउने हुँदा यसका फाइदाहरुको बारेमा सकारात्मक प्रचार गर्न अनुरोध गरेका थिए । नियमित योगले व्यक्तिको स्वास्थ्य सुधार, व्यक्तित्व विश्वास, चारित्रिक सुधार हुने भएकाले सबैले योग गर्नुपर्ने जरुरी रहेको बताएका थिए । नियमित योगले मानिसमा जिउने प्रेरणा दिनुका साथै आनन्दमय जीवनयापन हुने बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रभारी उदयबहादुर डाँगी, जिल्ला महिला प्रभारी लक्ष्मी आचार्य, महासचिव विष्णु पुरी, कोषाध्यक्ष गंगा आचार्य, सहसचिव माधव सुवेदीलगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा वार्षिक प्रगति प्रतिवेदन दिपा खनालले गरेकी थिइन् । साथै संस्थालाई सहयोग गर्ने दाता तथा साधकहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण केन्द्रका उपाध्यक्ष मंगल गिरीले गरेकी थिए । कार्यक्रममा सयौ योगसाधक तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *