
फाइल फोटो
प्रेम पुन,
दाङ, जेठ ३२। दाङकाे कर्णाली भनेर चिनिने पश्चिम दाङकाे बबई गाउँपालिका वडा नं १ ले बिकासकाे मुहार फेर्न थालेकाे छ । भाैगाेलिक तथा अार्थिक दृष्टिकाेणले मात्र नभई बिकासका निर्माणबाट झन पिछडिएकाे यस वडामा अहिले धमाधम बिकासका काम अगाडि बढेका छन ।
करिब२,३ बर्ष यता देखि यस वडाले बिकासकाे मुहार फेर्न पाएकाे स्थानियबासी बताउछन् । निकै विकट यस वडामा अहिले कच्ची भएपनि माेटरबाटाे, खानेपानि, बिधुत, सञ्चार जस्ता बिकासका पूर्वाधारका काम अगाडि बढाईएकाे छ । स्थानिय तहमा सरकार अाएपछि केही बिकासका अाशा पलाएकाे स्थानियबासीहरूकाे भनाई छ । अहिले अाफ्नै गाउँबाटै बस चढ्न पाएकाेमा बबई १ मदाने कि कमला वली खुशी छिन ।
‘पहिले भन्दा अहिले धेरै सहज भएकाे छ’, वलीले भनिन ‘पहिले तुलसीपु बजार जान ३,४ घन्टा जंगलकाे बाटाे अाेकालाे अाेरालाे पैदल हिडेर बबरपुर बस भेटाउन जानुपर्ने बाध्यता थियाे’। गाउँमा विभिन्न बिकासका काम अगाडि बढ्न थालेपछि बबई १ का जाैँबारी, घुइयाबारी, भाङाबारी, मदाने, तरूले, गंगते, जिला, सिमलकुना, कप्ताने,धाैवाघाट, वञ्चरे, क्युरेनी लगाएतका टाेलका स्थानियबासीमा बिकासकाे अाशा जागेकाे छ ।
बर्षाै देखि बिकासबाट वञ्चित हामीमा केही अाशा पलाएकाे कप्तानेका छपि घर्तीले बताए । अहिले पुरै बिकास भएकाे छ त भन्न मिलेन बिस्तारै बिस्तारै हाेला घर्तीले भने । बिकासका कामलाई तिव्रता दिएकाे बबई १ का जनप्रतिनिधि बताउछन । अन्य वडा भन्दा हाम्राे निकै विकट वडा हाे, कुनै बिकासका पूर्वारधारहरू थिएनन्, अहिले धमाधम बिकास काम भईरहेकाे वडा सदस्य नन्दलाल वलीले वताए ।
अाफ्नाे वडाकाे बिकासकाे मुहार फेर्नु पर्छ भन्ने उद्येश्य अाफुहरू अगाडि बढेकाे वलीकाे भनाई छ । सबैकाे सहयाेग र सहकार्य गर्दै अाफ्नाे वडामा माेटरबाटाे, बिधुत, सञ्चार, खानेपानि, स्वास्थ्य लगाएका कामलाई तिव्रता दिएकाे वडा अध्यक्ष खडक कवरले जानकारी दिए । ‘माेटरबाटाे टाेल टाेल पुगाएका छाै, बिधुतकाे लाईन मदाने सम्म विस्तार भएकाे छ, वडा अध्यक्ष कवरले भने, ‘हाम्राे वडा सञ्चार सेवाबाट पूर्णरूपले वञ्चित छ तर सञ्चार सेवाकाे काम पनि भईरहेका छ । वडा अध्यक्ष कवरका अनुसार सिम्लेकाे लेकमा नेपाल टेलिकमकाे टावर वन्दै गरेकाे हुनाले छिटै सञ्चार सेवाबाट लाभ लिईने बताए ।
