२०८३ असार ७ गते आइतवार

टिप्परको ठक्कर वाट सुर्खेतमा एक पत्रकारको मृत्यु


सुर्खेत, जेठ २९ । सुर्खेतमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा बुधवार ठक्कर दिए लगतै पत्रकार गेलाङको घटनास्थलमै मृत्यु भएको थियो । छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि टिप्पर चालकले ब्याक गरेर पत्रकार गेलाङको हत्या गरेको आरोप लागेको छ । चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन्।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *