
श्रीराम दहित,
दाङ, जेठ २६ । दाङको लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि दुईजना घाइते भएका छन् । आइतवार दिउँसो साढे २ बजेतिर बा ७० प ३२९२ नम्बरको मोटरसाइकल लमही ९ अमिलियामा दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सावरी व्यक्ति गम्भीर घाइते भएका छन् । चालकको अवस्था भने सामान्ने रहेको छ । यो खवार तयार पार्दे गर्दा घाइतको अमेलियामा प्राथमिक उपचार भइरहेको छ ।
प्युठानदेखि दाङको घोराही तर्फ जाने भनि आएका उनीहरु बाटो भुलेर बाँके राष्ट्रिय निकुञ्ज पुगेपछि फर्केर घोराही तर्फ जाने क्रममा अमेलियामा दुर्घटनामा परेको प्रहरीले बताएको छ । यो खवर तयार पार्दासम्म घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार