२०८३ मङ्सिर ९ गते मङ्गलवार

११ महिनाकी बालिका बाथरुको पानीमा डुवेर बेहोस


दाङ, जेठ २४ । दाङको तुलसीपुरमा एकजना ११ महिनाकी बालिका बाथरुमको पानीमा डुवेर अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएकी छन् । तुलसीपुर उपमहानरपालिका वडा नं. १७ वनकट्टामा शुक्रवार ११ महिनाकी सुशिला चौधरी बाथरुमको बाल्टिनको पानीमा बेहोस भएपछि अस्पताल ल्याइएको छ ।

अचेत अवस्थाकी बालिकाको हाल तुलसीपुर स्थित तुलसीवाल हस्पिटलमा आईसियूमा राखेर उपचार भइरहकेको अस्पताल प्रशासनले जानकरी दिएको छ । क्रिमलाल चौधरीकी ११ महिनाकी छोरी सुशीला शुक्रवार विहान बामे सर्दै घरको बाथरुमा रहेको बाल्टिङमा डुवेर बेहोस अवस्थामा फेला परेको आमा मिना चौधरीले बताइन ।

आईसियूमा राखेर उपचार भइरहेकी बालिकाको अझैं होस नखाएको तथा अवस्था चिन्ताजनक रहेको बालरोग विशषेज्ञ डा.किशोर खत्रीले फरककोणलाई जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *