लक्ष्मण बस्नेत,
हेकुली, जेठ २२ । दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि हेकुलीमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार एथ्लेटिक्स अन्तरगत छोटो दुरीको १०० मिटर दौड तथा सटफुट छात्र÷छात्राको खेल सम्पन्न भएको छ । १०० मिटर दौड छात्र तर्फ शिद्ध पृथ्वी माबि श्रीगाँउका सनम चौधरीले स्वर्ण पदक हात पारे ।
उनले १२ दशमलव ४९ सेकेन्डमा स्वर्ण जित्दा माबि मधपुरका दामोदर खत्री १२ दशमलव ५० सकेन्डमा रजत पदकमा चित्तझाउन बाध्य भए । त्यस्तै लाइभ भिजन बोर्डिङ स्कुलका अमृत रेउले १५ दशमलव ०७ सेकेन्डमा कास्य पदक जित्न सफल भए । छात्रा १०० मिटर तर्फ बिरेन्द्र माबि हेकुलीकी खिमा विक १५ दशमलव २७ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भइन् । शिद्ध पृथ्वी माबि श्रीगाँउका सीता विकले १५ दशमलव ५६ सेकेन्डमा रजत पदक हात पार्दा ज्ञानोदय माबि सरुवाडाँडाकी यानु चौधरीले १५ दशमलव ४४ सेकेन्डमा कास्य पदक हात पारिन् ।
सटफुट छात्रमा प्रचण्ड र छात्रामा पेसलीलाई स्वर्ण
प्रतियोगिता अन्तरगत सटफुट छात्र तर्फ भानु माबि पर्शडुवाका प्रचण्ड परियार ११ दशमलव ५३ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पार्न सफल भएका छन् । ज्ञानोदय माबि सरुवाडाँडाका सुदिप बिक ११ दशमलव २९ मिटर थ्रो गर्दै रजत पदक जिते । त्यस्तै माबि मधपुरका दामोदर खत्रीले ११ दशमलव २६ मिटर थ्रो का साथ कास्य पदक जितेका छन् ।
छात्रा तर्फ शिद्ध पृथ्वी माबि श्रीगाँउकी पेसली वली ७ दशमलव २२ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्न सफल भएकी छन् । बिरेन्द्र माबि हेकुलीकी कैलाशपति चौधरी ७ दशमलव १९ मिटर थ्रो गर्दै रजत पदक जितेका छन् । ज्ञानोदय माबिकी शर्मिला चौधरीले ६ दशमलव ५५ मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।
भानु माबि पर्शडुवा छात्र भलिबलको सेमिफाईनलमा
छात्र भलिबल अन्तरगत बुधबार सम्पन्न खेलमा भानु माबि पर्शडुवा सेमिफाईलनमा प्रवेश गरेको छ ।
लाइभ भिजन स्कुललाई २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै भानु माबि पर्शडुवा छात्र भलिबलको सेमिफाईलनमा प्रवेश गरेको हो । त्यस्तै बुधबार सम्पन्न कबडी छात्र तर्फ शिद्ध पृथ्वी माबि श्रीगाँउ र छात्रा भानु माबि पर्शडुवाले बिजयी यात्रा सुरु गरेका छन ।
प्रतियोगिता अन्तरगत बिहीबार विहान एथ्लेटिक्स तर्फका १५ मिटर र ४ गुणे ४०० मिटर दौड लगाएतका ईभेन्ट्स र छात्र÷छात्रा भलिबल, कबडी खेलमा कडा प्रतिस्पर्धा हुनेछ ।
६ विद्यालयको सहभागिता
तीन दिन सम्म चल्ने प्रतियोगितामा गाँउपालिका भित्र स्थापित निजी तथा सामुदायिक गरि ६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबडी र एथ्लेटिक्स गरि तीन खेल खेलाइने छ । एथ्लेटिक्सको ट्रयाक एण्ड फिल्डमा छात्र÷छात्रा छोटो तथा लामो दुरीको दौड, सटफुट, ज्याभलिन थ्रो, लङजम्प, ट्रिपल जम्प गरि १३ ईभेन्ट्स र भलिबल र कवडी खेलमा छात्र÷छात्रा तर्फ प्रतिस्पर्धा हुने छ ।
खेलकुदको विकास विना समृद्धी असम्भवः सांसद चौधरी
दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सांसद धमकली चौधरीले गरेकी हुन । उद्घाटन समारोहलाई सम्वोधन गर्दै सांसद चौधरीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धि असम्भव रहको बताएकी छन् ।
‘मावन समाजको मेरुदण्ड हो खेलकुद यसको विकास विना समृद्धि सम्भव छैन,’ चौधरीले भनिन् ‘अव स्थानीय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ ।’ खेलकुद क्षेत्रलाई स्थानीय निकायले हेर्ने दृष्टिकोण अझै साँधुरो रहेको हुँदा अब खेलकुदमा स्पष्ट लगानिको खाँचो आवश्यक रहेको उनले औंल्याइन। खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता रहेको उनको कथन थियो ।
गाँउपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता भएको कार्यक्रममा नेकपा दंगिशरण गाँउपालिका अध्यक्ष भरत अधिकारी, नेपाली काँग्रेसका नेता शोभाकर न्यौपाने, दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य टोपेन्द्र थापा लगाएतकाले मानव जीवनमा खेलको महत्ववारे चर्चा गरेका थिए । गाँउपालिका उपाध्यक्ष पिमा वली खड्काको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सजहीकरण संचालन बिनोद अधिकारीले गरेका हुन ।