२०८३ भाद्र १ गते सोमवार

महायज्ञमा साढे ४ लाख बढी दान संकलन


तुलसीपुर, २२ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा जारी महायज्ञमा साढे ४ लाख बढी दान संकलन भएको छ । महायज्ञमा मंगलबारसम्म नगद र कलशबाट गरी ४ लाख ६६ हजार २ सय ४७ दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए ।

महायज्ञमा मंगलबारमात्रै करिब डेढ लाख संकलन भएको उनले बताए । शनिबारदेखि शुरु भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका तिलकराम वली र चन्द्रा वलीले १ लाख ११ हजार ११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै तुलसीपुर–४ मजुवाका मित्रलाल खड्का र हिरादेवी खड्काले ५१ हजार १ सय ११, सोही ठाउँकै बिष्णुदेवी शर्मा र चक्रपाणि शर्माले ३० हजार ५५, जगतबहादुर बुढाथोकी र चन्दी बुढाथोकीले २१ हजार ५ दान गरेका छन् ।

महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको संयोजक खड्काले बताए । ‘महायज्ञमा दैनिकजसो दानादाता बढ्दै जान थालेका छन्, मंगलबार पनि राम्रै दान संकलन भएको छ’ उनले भने । धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए ।

शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरिनुका साथै विभिन्न धार्मिक कार्यहरु चौरासी पूजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगीता, भूमिदान, तुलादान, गौदानलगायतका कार्यहरु भइरहेका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *