२०८१ असार ८ गते शुक्रवार

काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त

दाङ, जेठ १६ । नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन ।

सर्वौच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरिएका हुन ।

सर्वौच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।
त्यसैका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन ।

संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वौच्चले पाण्डेलाई सोही धाराको उपधरा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री पाण्डेको विश्वासको मत प्रदेश सभाबाट पारित हुन न्युनतम ३१ सांसदको समर्थन चाहिन्छ ।

यसैबीच मुख्यमन्त्री पाण्डेले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन । प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन ।
साथै मुख्यमन्त्री पाण्डेले बुधबार नै दुइजना मन्त्री नियुक्त गरेका छन । प्रदेश सरकारको अर्थमन्त्रीमा डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापालाई नियुक्त गरेका उनले नियुक्त गरेका हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *