तुलसीपुर, बैशाख ३१ ।तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न
शनिरबार भएको मतदानको अन्तिम मत परिणाम सोमबार बिहान सार्वजनिक भएको छ ।
प्राप्त मत परिणाम अनुसार दुई प्यानलबाट १७ ÷ १७ जना र एक जना सचिव पदमा स्वतन्त्र उम्मेदवार थिए ।
नेतृत्वका लागि नेपाली काँग्रेसको सिफारिसमा बिनिल केसीको प्यानल र गठबन्धनबाट ललितजंग शाहको प्यानलका बीचमा प्रतिष्र्धा भयो । अरु जम्मै पदहरुमा १३ जना बिनिल केसी प्यानकाले बाजी मारे पनि गठबन्धनका चार जनाले काँग्रेसका उम्मेदवारलाई पराजित गरेका छन् ।
त्यस मध्य यतिखेर युवा विश्व बस्नेतको चर्चा चुलिएको छ । तुलसीपुरमा प्रतिष्ठित ब्यापारिक घरानाका भएपनि उच्च शिक्षा हासिल गरेका र भर्भराउँदो उमेरका बिश्वको नाम यसअघि बजारमा त्यति चर्चामा थिएन । एकाएक उम्मेदवार बनेर निर्वाचित भएपछि भने उनको चर्चा चुलिएको छ । त्यसको पछाडिको कारण उनले प्राप्त गरेको लोकप्रिय मत नै हो ।
उद्योग उपाध्यक्षमा गठबन्धनका तर्फबाट बिश्व बस्नेतले ठूलो मतान्तरका साथ बाजी मारे । विश्वले १५९० मत प्राप्त गरेका छन् । जबकी विश्वका निकटतम प्रतिष्पर्धी काँग्रेसका हेमेन्द्र खड्काले ११४३ मत मात्रै प्राप्त गरेका थिए । बस्नेतले खड्का भन्दा ४४७ मत बढी प्राप्त गरे ।
निर्वाचित बस्नेत तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन । जो काँग्रेस निटक नै मानिन्छन् ।
त्यस्तै बाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेश राज भण्डारी निर्वाचित भएका छन् । उनले १५२० मत प्राप्त गर्दा काँग्रेसका खुसलराम शर्माले ११८७ मत प्राप्त गरे । एमाले निकटका राज भण्डारीले शर्मा भन्दा ३३३ मत बढी प्राप्त गरे ।
सदस्य पदमा गठबन्धनका उम्मेदवारहरु भिमबहादुर खत्री १११८, मनोजकुमार गुप्ता ११६७ , कृष्णबहादुर पुन १०५४ , सुरेश नेपाली १०२१ , टोपबहादुर महतरा १२३२ मत प्राप्त गरेपनि बिजयी हुन सकेनन् ।
महिला सदस्यहरुमा गठबन्धनकै शारदा बस्नेत १२६७ र मिना रावत १२८५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
