२०८१ असार ३ गते आइतवार

संयुक्त व्यवसायी प्यानलका उम्मेदवारलाई मतदाताले भने –निराश नहुनुस्


तुलसीपुर, बैशाख २८ । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको संयुक्त व्यवसायी प्यानलका उम्मेदवारहरुले बिहानैदेखि व्यवसायीको पसल पसलमा पुगेर आफुहरुलाई भोट दिएर विजयी बनाउन आग्रह गरेका छन् ।

निर्वाचन कार्य तालिका अनुसार तुलसीपुर बजारका मुख्य भाग ‘क’ र ‘ख’लाइनमा उम्मेदवारहरु भोट माग्दै हिडेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक मिनराज वलीले जानकारी दिए ।

बिहीबार यो समुहले बसपार्क, सल्यान रोड, सुर्खेत रोड, घोराही रोड लगायतका क्षेत्रमा घरदैलो अभियान गरेको थियो ।

मतदाताहरु संयुक्त व्यवसायी प्यानलको टिम प्रति उत्साहित भएको प्रचार प्रसार अभियानमा सरिक एक निर्वाचन प्रचार प्रसार समिति सचिवालय सदस्य नारायण खनालले जानकारी दिए ।


‘उम्मेदवारसंगै व्यसायीको पसल पसलमा पुगेका छौ । निराशा हुने अवस्था छैन ।’ खनालले भने ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *